भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पोखराका मसाज सेन्टरबाट पाँच बालिकाको उद्धार

पोखराका मसाज सेन्टरबाट पाँच बालिकाको उद्धार

काठमाडौं । पोखराका मसाज सेन्टरबाट प्रहरीले पाँच जना बालिकाको उद्धार गरेको छ। पोखरा महानगरपालिका–६ लेक साइडमा सञ्चालनमा रहेका तीनवटा ‘स्पा’ बाट पाँच जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

‘नेक्टर इको फुट स्पा’ बाट तीनजना, ‘पन्चासे स्पा एन्ड पार्लर’ बाट एक जना र ‘नमस्ते वेलनेस स्पा’ बाट एकजना बालिकाको उद्धार गरिएको प्रहरीले बताए।
मसाज सेन्टरहरूमा बालिकाहरूलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिकाको सामाजिक महाशाखा, राष्ट्रिय बाल अधिकार परिषद् र शक्ति समूह नेपालबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले ती मसाज सेन्टरहरूमा अनुगमन गरेको थियो।

लेक साइडमा रहेकामध्ये १५ वटा मसाज सेन्टरहरूमा गरिएको अनुगमनमा ती वटाले बालिकाहरू राखेर काममा लगाएको पाइएको हो।

 

 

 

 


Thali Mobile Pvt.Ltd.