भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

हेटौडाको एक होटलमा युवती मृत फेला

हेटौडाको एक होटलमा युवती मृत फेला

काठमाडौं । हेटौडा उपमहानगरपालिका-१० बसपार्कस्थित एक होटलमा युवती मृत भेटिएकी छन् । हेटौडा ११ थानाभर्‍याङकी एलिसा न्यौपाने होटलमा मृत फेला परेकी हुन् ।

प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार न्यापानेका होटलको कोठा नम्बर २०५ मा सोमबार बिहान ११ बजे मृत फेला परेकी हुन् ।
आइतबार बिहान अबेरसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनी हिजो अपरान्ह ५ बजे एक युवकसँग होटलमा आएको र ती युवक राति करिब ९ बजे होटलबाट बाहिरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शवलाई हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.