भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

एसिसी महिला प्रिमियर कप क्रिकेटको नेपाल सेमिफाइनलमा प्रवेश

एसिसी महिला प्रिमियर कप क्रिकेटको नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको नेपाल क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो। मलेसियाको बांगीमा बुधबार भएको खेलमा कुवेतले दिएको ५० रनको संशोधित लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै नेपालले पूरा गरेको हो।

कुवेतका लागि प्रियादा मुरलीले सर्वाधिक २९ रनको योगदान गरिन्।शान्थि बालासुब्रमनियन र खादिजा खलिले समान १३ र १३ रन जोडे। तीन खेलाडी शून्यमा आउट हुँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन्। कुवेतलाई सस्तैमा समेट्ने क्रममा सिता राना मगरले ह्याट्रिक विकेट लिइन्। रुबिना क्षेत्री र कविता कुँवरले २ र २ विकेट लिए।
नेपालले अब फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

बुधबारै भएको क्वाटरफाइनलमा मलेसियाले जापानलाई १६ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७३ रन बनाएको थियो।

वर्षाका कारण खेल प्रभावित भएपछि नेपाललाई १२ ओभरमा ५० रनको संशोधित लक्ष्य दिइएको हो। नेपालका लागि सिता राना मगरले १७ रन बनाइन् भने कविता कुँवर एक रनमा रनआउट भएकी थिइन्। कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे।

 

 


Thali Mobile Pvt.Ltd.