भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

नेपालको राहदानीको विश्व वरियतामा सुधार

नेपालको राहदानीको विश्व वरियतामा सुधार

काठमाडौं । नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ । विश्वका राहदानी र्‍याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरियता सूचीमा नेपालको राहदानी ९८औं स्थानमा रहेको छ । यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ स्थानमा रहेको थियो ।

यस सूचीमा जापानलाई उछिन्दै सिंगापुर शीर्ष स्थानमा आएको छ । सिंगापुर १९५ अंकसहित शीर्ष स्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन् ।

यो वरियता वर्षमा दुई पटक जारी गरिन्छ। सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ। हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार, वास्तविक(समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।

 

 


Thali Mobile Pvt.Ltd.