भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

रास्वपा र काठमाण्डौ मेयर बालेन शाहबीच सात बुँदे सहमति

रास्वपा र काठमाण्डौ मेयर बालेन शाहबीच सात बुँदे सहमति

काठमाण्डौ, पुष १३ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएपछि नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिएको छ । सहमति सार्वजनिक भएसँगै दुवै पक्षका समर्थकहरूमा उत्साह बढेको छ ।उनीहरूले वैकल्पिक र नयाँ शक्तिहरूबीचको एकताले मात्रै देशमा वास्तविक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।

सहमतिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रास्वपाका सभापति रवि लामिछानेले सहमति नेताहरूले खोजेजस्तो नभई देशलाई आवश्यक परेको खालको हुनुपर्ने बताउनुभएको छ । उहाँले यो सहमति व्यक्तिगत लाभका लागि नभई दीर्घकालीन परिवर्तनका लागि गरिएको दाबी गर्नुभएको छ ।

लामो छलफलपछि मध्यराति रास्वपा र मेयर बालेन शाहबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै रहने, चुनाव चिन्ह घण्टी नै रहने तय गरिएको छ । पार्टी सभापतिको जिम्मेवारी रवि लामिछानेले सम्हाल्ने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि बढ्ने सहमति भएको छ ।

यसअघि उज्यालो नेपाल पार्टीलाई समेत समेटेर एकता प्रयास गरिएको भए पनि पार्टीका संरक्षक कुलमान घिसिङले पार्टीको अस्तित्वको प्रश्न उठाउँदै असहमति जनाउनुभएको थियो । पार्टीको नाम, चिन्ह र नेतृत्व सबै रास्वपाकै रहने सहमतिप्रति कुलमान असन्तुष्ट भएपछि उहाँ छलफलबाट बाहिरिनुभएको थियो ।

कुलमानको असहमतिपछि रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच गएराति अबेरसम्म भएको छलफलले अन्ततः सात बुँदे सहमतिमा टुंगो लागेको हो । यो सहमतिलाई आगामी चुनावी राजनीतिमा महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.