भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सरकारको ओपीडी सेवा खोल्ने निर्णय, चिकित्सक संघको कडा विरोध

सरकारको ओपीडी सेवा खोल्ने निर्णय, चिकित्सक संघको कडा विरोध

काठमाडौँ, १८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । लगातार तीन दिनसम्म बिदा परेकाले बिरामीलाई उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बिदाका कारण नियमित सेवा प्रभावित हुन सक्ने देखिएकाले शुक्रबारका लागि ओपीडी सञ्चालन गर्न आग्रह गरिएको हो । यस कदमले सेवाग्राहीको स्वास्थ्य पहुँच सहज हुने विश्वास गरिएको छ ।

तर, सरकारको यस निर्णयप्रति नेपाल चिकित्सक संघले असन्तुष्टि जनाएको छ । संघले सार्वजनिक बिदामा पनि ओपीडी सञ्चालन गर्न निर्देशन दिनु अव्यवहारिक र अवैज्ञानिक भएको दाबी गर्दै निर्णय फिर्ता लिन माग गरेको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मी पनि श्रमिक भएकाले अन्तर्राष्ट्रिय अभ्यासअनुसार बिदाको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, अत्यावश्यक सेवा अन्तर्गत इमर्जेन्सी सेवा भने बिदामा पनि सञ्चालन भइरहने हुँदा ओपीडी केही दिन बन्द हुँदा ठूलो असर नपर्ने संघको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.