भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

टेकुको वंशीघाटमा डोजर, पत्रकार र स्थानीयलाई प्रवेशमा रोक

टेकुको वंशीघाटमा डोजर, पत्रकार र स्थानीयलाई प्रवेशमा रोक

काठमाडाैं, १८ वैशाख । काठमाडौँको टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पूर्वसूचना जारी गरेपछि स्थानीय बासिन्दाले आफ्नो सामान सुरक्षित स्थानतर्फ सार्न थालेका छन् ।

बिहानैदेखि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीले पत्रकार तथा स्थानीयलाई समेत प्रवेशमा रोक लगाएका छन्, जसका कारण स्थलको अवस्था बाहिरबाट अवलोकन गर्न कठिन भएको छ ।

यसैबीच, बिहान तरकारी खरिद गर्न घरबाहिर निस्किएका केही स्थानीय समेत पुनः घर फर्कन नपाएको गुनासो गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.