भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुकुमबासी सङ्घको चेतावनी: माग पूरा नभए देशव्यापी आम हडताल

सुकुमबासी सङ्घको चेतावनी: माग पूरा नभए देशव्यापी आम हडताल

मुख्य बुँदा 

सुकुमबासी सङ्घद्वारा चरणबद्ध आन्दोलन घोषणा

डोजर प्रयोग गरी उठिबास गराएको आरोप

प्रधानमन्त्री हटाउन ‘राइट टु रिकोल’ अभियानको तयारी

मेची–महाकाली राजमार्ग चक्काजाम गर्ने योजना

माग पूरा नभए देशव्यापी आम हडतालको चेतावनी

काठमाडौँ, १७ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट भातृ सङ्गठन अखिल नेपाल सुकुमबासी सङ्घले देशव्यापी आम हडतालसम्मको आन्दोलन घोषणा गरेको छ।

सङ्घले सुकुमबासी बस्तीमा डोजर प्रयोग गरेर जबरजस्ती उठिबास गराइएको विरोधमा चरणबद्ध आन्दोलन सार्वजनिक गरेको हो। सङ्घका अध्यक्ष अमर परियारका अनुसार सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री बालेन शाह लाई पदबाट हटाउनुपर्ने मागसमेत अघि सारिएको छ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सङ्घले राज्यले सुकुमबासीमाथि ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै वैकल्पिक व्यवस्था नगरी उठिबास गराउने कार्य तत्काल रोक्नुपर्ने माग गरेको छ। पहिलो चरणमा सङ्घले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई गरिएको वाचा स्मरण गराउँदै सरोकारवाला निकायलाई दबाब दिने कार्यक्रम तय गरेको छ।

यसअन्तर्गत विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा सरकारी निकायलाई आग्रह र सचेतना अभियान सञ्चालन गरिनेछ।दोस्रो चरणमा भने आन्दोलन थप सशक्त बनाउँदै मेची–महाकाली राजमार्गमा चक्काजाम, देशव्यापी हस्ताक्षर सङ्कलन तथा विरोध कार्यक्रम सञ्चालन गरिने सङ्घले जनाएको छ। साथै ‘राइट टु रिकोल’ मार्फत प्रधानमन्त्रीलाई पदबाट हटाउन अभियान चलाइने उल्लेख गरिएको छ।

यदि यी कार्यक्रमबाट पनि माग सम्बोधन नभए देशभर अनिश्चितकालीन आम हडताल गर्ने चेतावनी सङ्घले दिएको छ। सङ्घले सबै राजनीतिक दल, संघसंस्था तथा आम नागरिकलाई आन्दोलनमा साथ दिन आह्वानसमेत गरेको छ।

 


Thali Mobile Pvt.Ltd.