भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नौ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता

नौ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता

काठमाडौं । मानव तस्करीमा संलग्न रहेको भन्दै २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै २२ जना विरुद्ध मुद्दा दर्ता भएको हो ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएकाहरुमा अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल, सुजन फागो लिम्बु र नरवीर खड्का छन् ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ । ट्राभल एजेन्सीमार्फत रकम लिएर नक्कली कागजात बनाउनेदेखि विमानस्थलबाट बाहिर पठाउने प्रक्रियामा अध्यागमनका कर्मचारीहरूको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रोजगारीको प्रलोभन देखाएर मानव तस्करी बढ्न थालेपछि सरकारले भिजिट भिसाको यसअघिको प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । गीता शाह, सरोजकुमार यादव, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, कौशीला मगर, लक्ष्मी राई र रीता दमाईविरुद्धसमेत मुद्दा दर्ता भएको छ ।

 


Thali Mobile Pvt.Ltd.