भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

पूर्वी चितवनको धानखेतीमा गाँज होचो हुने र बोट मर्ने समस्या

पूर्वी चितवनको धानखेतीमा गाँज होचो हुने र बोट मर्ने समस्या

चितवन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवम् भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको छ । कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानकाअनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व जिङ्कको कमी देखिएको छ ।

यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिए । यसलाई रोक्नका लागि सेरामिन जिङ्क खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिए । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए । उनका अनुसार धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ ।

पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उनले बताए । यो समस्या वर्षासँगै समाधान हुँदै जाने उनले बताए । धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र त्यसैको असर अहिले देखिएको अधिकृत चौहानले बताए ।

भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उनका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् । धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.