भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

कर्मचारी र अख्तियाबीचको अन्तरविरोधले समग्र प्रशासन नै ठप्प हुनेः अध्यक्ष ‘प्रचण्ड’

कर्मचारी र अख्तियाबीचको अन्तरविरोधले समग्र प्रशासन नै ठप्प हुनेः अध्यक्ष ‘प्रचण्ड’

काठमाण्डौ । नेकपा माओवादी केन्द्र का.अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी कर्मचारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको अन्तरविरोधले समग्र प्रशासन नै ठप्प हुने अवस्था आएको बताए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले अख्तियार र सरकारी कर्मचारीबीचको अन्तरविरोध नहटेसम्म र केही विषय प्रष्ट नभएसम्म सरकारी सेवा प्रवाहमा सुधार नहुने बताए ।

उनले राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताए । ‘प्रचण्ड’ले भ्रष्टाचार निवारणको कुरा कानूनी वा प्राविधिक विषय मात्रै नभई सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित रहेको उल्लेख गरे ।

कर्मचारीतन्त्र भित्र अख्तियारको आतङ्क जस्तो देखिने र अख्तियारभित्र पनि भ्रष्टाचार रोक्नुपर्ने दायित्वबोध भएको उल्लेख गर्दै ‘प्रचण्ड’ले जटिलतालाई फुकाउन आवश्यक रहेको बताए । उनले अख्तियारले मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्वन हुने कुरा ठिक हो वा होइन भन्नेबारेमा पनि पर्याप्त छलफल हुनुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.