भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

पाकिस्तानमा तालिबानको प्रहार, वजिरिस्तानमा १२ सैनिक मारिए

पाकिस्तानमा तालिबानको प्रहार, वजिरिस्तानमा १२ सैनिक मारिए

एजेन्सी, २९ भाद्र । पाकिस्तानको वजिरिस्तान जिल्लामा पाकिस्तानी तालिबान समूहले आक्रमण गर्दा कम्तीमा १२ जना सुरक्षाकर्मीको ज्यान गएको छ।

स्थानीय सरकारी अधिकारीका अनुसार सैनिक गस्ती दल सवार रहेको अवस्थामा दुवैपट्टिबाट हतियारसहित आक्रमण गरिएको थियो। आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका र अन्य चार जना घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ।

आक्रमणपछि आक्रमणकारीहरूले सुरक्षाकर्मीको हतियार पनि कब्जामा लिएको जनाइएको छ।पाकिस्तानी तालिबान, जसलाई तहरीक–ए–तालिबान पाकिस्तान भनिन्छ, यो समूह अफगान तालिबानबाट अलग भए पनि घनिष्ठ सम्बन्ध रहेको मानिन्छ। आक्रमणको जिम्मेवारी तालिबान समूहले सामाजिक सञ्जालमार्फत लिएको छ।

 


Thali Mobile Pvt.Ltd.