भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्यालेस्टाइनमा १ लाख ५० हजारभन्दा बढी मानिस छालासम्बन्धी रोगबाट पीडित

प्यालेस्टाइनमा १ लाख ५० हजारभन्दा बढी मानिस छालासम्बन्धी रोगबाट पीडित

काठमाडौं । इजरायलहमास युद्ध शुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। संक्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा युद्ध शुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका ९ हजार २७४ विरामी भेटिएका छन्। प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको महामारी छ। क्लिनिकमा दुईजना केटाले आफ्नो हातगोडा‚ ढाड र पेटमा दर्जनौं ठेउलाका दाग र फोका र लुतो र यसले बनाएका घाउ देखाएका छन्।

गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का मेडिकल कोअर्डिनेटर मोहम्मद अबु मुगैसीबका अनुसार गर्मीले पसिना र फोहर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको सङ्क्रमणको सम्भावना बढाउँछ।

विश्व स्वास्थ्य संगठनका अनुसार झाडापखालाका ४ लाख ८५ हजार विरामी भेटिएका छन्।

 


Thali Mobile Pvt.Ltd.