भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

प्यालेस्टाइनमा १ लाख ५० हजारभन्दा बढी मानिस छालासम्बन्धी रोगबाट पीडित

प्यालेस्टाइनमा १ लाख ५० हजारभन्दा बढी मानिस छालासम्बन्धी रोगबाट पीडित

काठमाडौं । इजरायलहमास युद्ध शुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन्। संक्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा युद्ध शुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका ९ हजार २७४ विरामी भेटिएका छन्। प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको महामारी छ। क्लिनिकमा दुईजना केटाले आफ्नो हातगोडा‚ ढाड र पेटमा दर्जनौं ठेउलाका दाग र फोका र लुतो र यसले बनाएका घाउ देखाएका छन्।

गाजाका डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) का मेडिकल कोअर्डिनेटर मोहम्मद अबु मुगैसीबका अनुसार गर्मीले पसिना र फोहर जम्मा हुने सम्भावना बढी हुन्छ जसले लुतो, एलर्जी र छालाजन्य अन्य रोगको सङ्क्रमणको सम्भावना बढाउँछ।

विश्व स्वास्थ्य संगठनका अनुसार झाडापखालाका ४ लाख ८५ हजार विरामी भेटिएका छन्।

 


Thali Mobile Pvt.Ltd.