भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

प्रतिनिधिसभा निर्वाचनका लागि दुई लाख २१ हजार कर्मचारी खटाइने

प्रतिनिधिसभा निर्वाचनका लागि दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौं, १५ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर दुई लाख २१ हजार कर्मचारी परिचालन गरिने भएको छ ।

निर्वाचन आयोगका अनुसार ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रअन्तर्गत रहेका २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा उक्त सङ्ख्यामा कर्मचारी खटाइनेछ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जना र पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको जानकारी दिए ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पूर्वप्रशिक्षण दिइसकिएको छ । त्यसपछि केन्द्रमा खटिने अन्य कर्मचारीलाई सम्बन्धित मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचन प्रयोजनका लागि आवश्यक निर्वाचन सामग्री तथा मतपत्र बिहीबारसम्म देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा पुर्‍याइसकिएको आयोगले स्पष्ट पारेको छ ।

 


Thali Mobile Pvt.Ltd.