काठमाडौं । मुगुका शिक्षक एवं गायक तथा सर्जक चन्द्रप्रकाश बडुवालले झल्क्यो बगस सार्वजनिक गरेका छन् ।
कल्पना मल्ल लगायत कलाकारको अभिनय रहेको यो म्यूजिक भिडियो उनले आफ्नो जन्म दिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।
यो गीतमा उनकै शब्द र संगीत रहेको छ । मुगुको छायानाथ रारा नगरपालिका–१० का बडुवालले यसअघि टीम्क्या नामक देउडा गीतको म्युजिक भिडियो बजारमा ल्याएका थिए ।
कर्णाली माध्यमिक विद्यालय टोप्लामा प्रधानाध्यापकका रूपमा कार्यरत उनी माध्यमिक तह नेपाली विषयका शिक्षक हुन् ।
बालबालिकालाई विभिन्न मनोरञ्जनका माध्यमबाट शिक्षण सिकाइ गराउँदै आएका बडुवाल गायन मात्र होइन कथा, कविता, गजल र मुक्तकको पनि रचना गर्छन् ।
भिडियो हेर्न यहाँ थिच्नुहाेस्…
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २९ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपाली संगीत प्रेमीहरूका लागि एउटा आत्मीय र भावनात्मक कोशेली सार्वजनिक भएको छ। “मेरी हजुर” शीर्षकमा सार्वजनिक भएकाे गीतले प्रेम, समर्पण र आत्मीय...
काठमाडौं । कर्णाली र सुदूरपश्चिमको मौलिक लोकधुनमा आधारित ‘रंगेली सुवा’ नामक नयाँ देउडा गीत सार्वजनिक भएको छ। लोकसंगीत प्रेमीहरूका लागि गहिरो सन्देश बोकेको यस गीतले दैलेख र अछामको भूगोल,...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा चर्तित गायिका तथा संगीतकर्मी टिका पुनको नयाँ झ्याउरे लोकदोहोरी गीत ‘सोल्टिज्यु सम्झिन्नौ मैले झैँ’ ले छोटो समयमै उल्लेखनीय सफलता हात पारेको छ। गीत...