भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

मुगुका प्रधानाध्यापकको संगीत यात्रा ‘झल्क्यो बगस’

मुगुका प्रधानाध्यापकको संगीत यात्रा ‘झल्क्यो बगस’

काठमाडौं । मुगुका शिक्षक एवं गायक तथा सर्जक चन्द्रप्रकाश बडुवालले झल्क्यो बगस सार्वजनिक गरेका छन् ।

कल्पना मल्ल लगायत कलाकारको अभिनय रहेको यो म्यूजिक भिडियो उनले आफ्नो जन्म दिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

यो गीतमा उनकै शब्द र संगीत रहेको छ । मुगुको छायानाथ रारा नगरपालिका–१० का बडुवालले यसअघि टीम्क्या नामक देउडा गीतको म्युजिक भिडियो बजारमा ल्याएका थिए ।

कर्णाली माध्यमिक विद्यालय टोप्लामा प्रधानाध्यापकका रूपमा कार्यरत उनी माध्यमिक तह नेपाली विषयका शिक्षक हुन् ।

बालबालिकालाई विभिन्न मनोरञ्जनका माध्यमबाट शिक्षण सिकाइ गराउँदै आएका बडुवाल गायन मात्र होइन कथा, कविता, गजल र मुक्तकको पनि रचना गर्छन् ।

भिडियो हेर्न यहाँ थिच्नुहाेस्…

 


Thali Mobile Pvt.Ltd.