भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

सुकुम्वासी बस्ती खाली गर्ने योजना रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह

सुकुम्वासी बस्ती खाली गर्ने योजना रोक्न एमनेस्टी इन्टरनेशनल नेपालको आग्रह

काठमाण्डौ, ११ बैशाख । एमनेस्टी इन्टरनेशनल नेपाल ले घरबारविहीन नागरिकलाई जबरजस्ती निष्कासन गर्ने योजनालाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएको छ।

काठमाण्डौको थापाथली लगायत अतिक्रमित बस्तीहरू खाली गर्ने योजना तत्काल रोक्न संगठनले आग्रह गरेको हो। जबरजस्ती निष्कासन गर्ने कार्यले विधिको शासनलाई कमजोर बनाउने जोखिम रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

एमनेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलिया ले बालेन्द्र शाह नेतृत्वको नीतिगत मार्गचित्रले भूमिहीन समुदायको समस्या निश्चित अवधिभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे। उनले पूर्व प्रमाणीकरण, अर्थपूर्ण परामर्श वा वैकल्पिक आवासको सुनिश्चितताविना परिवारलाई निष्कासन गर्ने कार्यले उक्त प्रतिबद्धतालाई कमजोर बनाउने र मानव अधिकार संकट निम्त्याउने जोखिम रहने बताएका छन्।

एमनेस्टीले जारी गरेको विज्ञप्तिमा जबरजस्ती निष्कासनका क्रममा अन्तर्राष्ट्रिय मानव अधिकार संरक्षणसम्बन्धी मापदण्डहरूको पालना सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारले थापाथली, मनोहरासिनामंगल क्षेत्रमा नदी किनारमा रहेका अतिक्रमित बस्ती हटाउने तयारी गरिरहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.