भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

सुर्खेत प्रदेश अस्पतालको बीमा रकम हिनामिना प्रकरणमा तीन जनालाई दुई – दुई वर्ष कैद

सुर्खेत प्रदेश अस्पतालको बीमा रकम हिनामिना प्रकरणमा तीन जनालाई दुई – दुई वर्ष कैद

काठमाडौं, १८ पुस । सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्य बीमातर्फको रकम हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले तीन जना प्रतिवादीलाई दोषी ठहर गर्दै जनही दुई वर्ष कैद सजाय सुनाएको छ । साथै अदालतले उनीहरूबाट २४ लाख रुपैयाँभन्दा बढी विगो तथा जरिवाना असुल गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो ।

यस मुद्दामा प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सामाजिक सेवा एकाइ कार्यक्रमअन्तर्गत कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत तृप्ती शाही तथा कुमारी बैंकको एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगर प्रतिवादी थिए । अदालतका अनुसार प्रतिवादीहरूले भ्रष्टाचार गरी हिनामिना गरेको ठहर भएको कुल रकम २४ लाख २ हजार ९० रुपैयाँ रहेको छ । उक्त रकम दामासाहीका आधारमा असुल गर्दा प्रतिवादी सुवेदी, शाही र मगरले जनही ८ लाख ६९६ रुपैयाँ ६६ पैसा बेहोर्नुपर्ने देखिएको छ ।

यसका अतिरिक्त, स्वास्थ्य बीमातर्फ अलग्गै हिनामिना भएको १ लाख ६५ हजार ४३६ रुपैयाँ ५० पैसा मध्ये सुवेदी र शाहीको हकमा जनही ८२ हजार ७१८ रुपैयाँ २५ पैसा विगो कायम गरिएको छ । यसअनुसार सुवेदी र शाहीको हकमा जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा तथा मगरको हकमा ८ लाख ६९६ रुपैयाँ ६६ पैसा विगो कायम गरिएको विशेष अदालतले जनाएको छ । अदालतले प्रतिवादीहरूको कसुर भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३९(१) को देहाय (घ) अन्तर्गत पर्ने ठहर गरेको छ । अपराधको प्रकृति, सामाजिक तथा आर्थिक हैसियतलाई मध्यनजर गर्दै तीनै जनालाई जनही दुई वर्ष कैद सजाय सुनाइएको हो ।

फैसलाअनुसार सुवेदी र शाहीलाई जनही ८ लाख ८३ हजार ४१४ रुपैयाँ ९१ पैसा जरिवाना गरी सोही बराबरको विगो रकम असुल गर्न आदेश दिइएको छ । त्यस्तै, मगरलाई ८ लाख ६९६ रुपैयाँ ६६ पैसा जरिवाना गरी सोही बमोजिमको विगो असुल गर्न भनिएको छ । अपराध पीडित राहत कोषमा जम्मा हुने क्षतिपूर्ति शुल्कसम्बन्धी कुनै आरोपदाबी नभएकाले सो विषयमा आदेश आवश्यक नपर्ने अदालतले स्पष्ट पारेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.