भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

टेक्सास बाढी विपद् : १०० भन्दा बढीको ज्यान गयो, दर्जनौं अझै बेपत्ता

टेक्सास बाढी विपद् : १०० भन्दा बढीको ज्यान गयो, दर्जनौं अझै बेपत्ता

वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्।

शुक्रबार आएको बाढीले टेक्सासको मध्य क्षेत्र, विशेषगरी हिल कन्ट्री आसपासका क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको हो। बाढीले नदी किनारमा रहेका शिविर, घर, ट्रेलर र क्याबिनहरू पूर्ण रूपमा बगाएको छ।

मानिसहरू एक्कासी बाढी आउँदा डरले घर, पाल र ट्रेलर छाडेर निस्कन बाध्य भए। कतिपय रूख चढेर बाँचेका छन् भने बाढीले तैरिएका रूखका हाँगाहरूले मानिसहरूलाई माइलौंसम्म घिसार्दै लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

ग्वाडालुप नदी किनारमा रहेको १०० वर्ष पुरानो क्रिश्चियन ग्रीष्मकालीन शिविर क्याम्प मिस्टिकका २७ जना शिविरकर्मी र सल्लाहकारको ज्यान गएको शिविर सञ्चालकहरूले जनाएका छन्। केर काउन्टीका अधिकारीका अनुसार शिविरकै १० जना बालक र एक जना सल्लाहकार अझै बेपत्ता छन्।

उद्धारकर्मीहरूले शिविर र अन्य प्रभावित क्षेत्रहरूबाट २८ बालबालिका सहित ८४ जनाको शव निकालिसकेका छन्। पानीको बहाव अझै उच्च रहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। बाढीले सडक, पुल र आवासीय क्षेत्रहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ।

ट्राभिस, बर्नेट, केन्डल, टम ग्रीन र विलियमसन काउन्टीहरूमा मात्र १९ जनाको मृत्यु पुष्टि भएको छ।
अधिकारिहरूका अनुसार अझै पनि धेरैजसो क्षेत्रहरूमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

नदी किनारमा गद्दा, फ्रिज, कूलरजस्ता सामग्रीहरू रूखहरूमा अड्किएको देखिएको छ। प्राकृतिक प्रकोप व्यवस्थापन निकायहरूले आगामी दिनमा थप वर्षा हुन सक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.