भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सङ्क्रमणकालीन न्यायमा ढिलाइ नगर्न सर्वोच्चको परमादेश

सङ्क्रमणकालीन न्यायमा ढिलाइ नगर्न सर्वोच्चको परमादेश

काठमाडौँ, १७ बैशाख । सर्वोच्च अदालत ले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्‍याउन सरकारका नाममा परमादेश जारी गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो।

अदालतका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता भएका उजुरीमाथि प्रभावकारी रूपमा अनुसन्धान अगाडि बढाई छिटो निष्कर्षमा पुर्‍याउन निर्देशन दिइएको हो।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले विगतका आदेशहरूको कार्यान्वयन सुनिश्चित गर्दै न्याय प्रक्रियामा ढिलाइ हटाउन परमादेश जारी गरिएको जानकारी दिए। संवैधानिक इजलासले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन) २०८१ लाई संविधानअनुसार ठहर गर्दै वैधानिक मानेको छ।

उक्त ऐनविरुद्ध दायर रिटमा मानव अधिकारको ‘गम्भीर उल्लङ्घन’ भन्ने शब्द मात्र प्रयोग हुनुपर्ने माग गरिएको थियो। तर अदालतले संशोधित प्रावधानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार ठहर गर्दै मान्यता दिएको छ।

 


Thali Mobile Pvt.Ltd.