भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

युक्रेनलाई पुटिनको प्रस्ताव स्वीकार गर्न ट्रम्पकाे आग्रह

युक्रेनलाई पुटिनको प्रस्ताव स्वीकार गर्न ट्रम्पकाे आग्रह

एजेन्सी, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न छलफलका लागि बैठक गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखेका छन्, ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग युद्धविरामको पक्षमा नभई युद्ध अन्त्य गर्न वार्ता गर्न चाहन्छन्। उनले बिहीबार टर्कीमा बैठकको प्रस्ताव गरेका छन्। युक्रेनले यो प्रस्ताव तुरुन्तै स्वीकार गर्नुपर्छ।’

ट्रम्पले थपे, ‘यसबाट कम्तीमा सम्झौता सम्भव छ कि छैन भन्ने कुरा स्पष्ट हुनेछ। यदि सम्झौता भएन भने, युरोपेली नेताहरू र अमेरिकाले परिस्थितिको मूल्यांकन गरी अर्को कदम चाल्न सक्षम हुनेछन्।’ उनले युक्रेनको मनसायमाथि पनि शंका व्यक्त गर्दै लेखे, ‘मलाई लाग्छ, युक्रेनले पुटिनसँग कुनै सम्झौता गर्ला जस्तो लाग्दैन। पुटिन अहिले दोस्रो विश्वयुद्धको विजय उत्सवमा व्यस्त छन्, जबकि अमेरिकाको सहयोगबिना त्यो युद्ध जित्न सम्भव थिएन।’

रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग तत्काल र प्रत्यक्ष वार्ता सुरु गर्न चाहेको बताएका छन्। उनले मे १५ बाट इस्तानबुलमा वार्ता सुरु हुने उल्लेख गरेका छन्।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्धविरामको सर्तमा मात्र रुससँग वार्ता गर्न तयार रहेको बताएका छन्। उनले भने, ‘म बिहीबार टर्कीमा पुटिनसँग व्यक्तिगत रूपमा भेट्न तयार छु। अब थप मानवीय क्षति गर्नुको कुनै अर्थ छैन।’

पुटिनको प्रत्यक्ष वार्ताको प्रस्तावपछि ट्रम्पले युक्रेनलाई यो अवसर स्वीकार गर्न दबाब दिएका छन्। उनले भने, ‘यो प्रस्तावले शान्ति सम्झौताको सम्भावना छ कि छैन भन्ने कुरा प्रष्ट हुनेछ। यदि सम्भव भएन भने, अमेरिका र युरोपले आगामी कदमबारे निर्णय लिनेछन्।’

रुस र युक्रेनबीचको युद्ध सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको थियो। पुटिनले शनिबार राति युक्रेनलाई ‘गम्भीर वार्ता’ को लागि आमन्त्रण गरेका थिए।

 

 


Thali Mobile Pvt.Ltd.