भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अमेरिकामा पेट्रोलको औसत मूल्य ४.०२ डलर, ४ वर्षयताकै उच्च

अमेरिकामा पेट्रोलको औसत मूल्य ४.०२ डलर, ४ वर्षयताकै उच्च

एजेन्सी, १८ चैत्र । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको भाउ बढ्दै गर्दा अमेरिकामा पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ, जुन सन् २०२२ यानि ४ वर्षयताकै उच्च स्तर हो।

हाल साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा करिब एक डलर बढी हो। सन् २०२२ मा युक्रेन युद्धपछिको मूल्य उच्च भएको थियो।

अमेरिकाका विभिन्न राज्यमा पेट्रोलको मूल्य फरक–फरक रहेको छ। मध्यपूर्वका प्रमुख तेल उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि मूल्यमा तीव्र वृद्धि भएको हो। हालैको एक सर्वेक्षणअनुसार झण्डै ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे चिन्तित छन्।

इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ। डिजेलको मूल्यमा उल्लेखनीय वृद्धि भएकोले सामान ढुवानी गर्ने गाडीहरूमा थप भार परेको छ। विश्वको महत्त्वपूर्ण समुद्री तेल मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट अझ गहिरो भएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा निकायले मूल्य घटाउने प्रयासस्वरूप सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ।

यसैबीच, इन्धन अभावले चरम संकट भोगिरहेको क्युवामा रुसी तेलको ट्यांकर पुगेको छ। हिजो ७ लाख ३० हजार ब्यारेल कच्चा तेल बोकेको ‘अनातोली कोलोडकिन’ जहाज हभानाको पूर्वस्थित माटान्जास बन्दरगाहमा रोकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवामा तेल पठाउने देशमाथि भन्सार शुल्क बढाउने चेतावनीसमेत दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.