भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

धनुषाकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता

धनुषाकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् ।रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । उनका अनुसार रुवीको श्रीमान राजु यादवसँग निरन्तर विवाद हुँदै आएको थियो ।

सम्पर्कविहीन हुनुभन्दा पाँच दिनअघि पनि राजुले कुटपीट गरेपछि विवाद प्रहरी कार्यालयसम्म पुगेको थियो । गत शुक्रबार रुवी र उनका श्रीमान खाना खाएर सुत्न गएका थिए । तर शनिबार विहानदेखि रुवी भेटिएकी छैनन् ।

गत बुधबारसम्म राजु सम्पर्कमै थिए । प्रहरीले उनलाई बोलाएर ल्याउन भनेपछि रुवीका भाइ अनितले इलाका प्रहरी कार्यालयमा लगेका थिए । त्यहाँबाट उनी बेपत्ता भएको अनितको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.