भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

धनुषाकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता

धनुषाकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् ।रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । उनका अनुसार रुवीको श्रीमान राजु यादवसँग निरन्तर विवाद हुँदै आएको थियो ।

सम्पर्कविहीन हुनुभन्दा पाँच दिनअघि पनि राजुले कुटपीट गरेपछि विवाद प्रहरी कार्यालयसम्म पुगेको थियो । गत शुक्रबार रुवी र उनका श्रीमान खाना खाएर सुत्न गएका थिए । तर शनिबार विहानदेखि रुवी भेटिएकी छैनन् ।

गत बुधबारसम्म राजु सम्पर्कमै थिए । प्रहरीले उनलाई बोलाएर ल्याउन भनेपछि रुवीका भाइ अनितले इलाका प्रहरी कार्यालयमा लगेका थिए । त्यहाँबाट उनी बेपत्ता भएको अनितको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.