भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

अढाई वर्षपछि कार्यसम्पादन सम्झौता

अढाई वर्षपछि कार्यसम्पादन सम्झौता

६ साउन २०७७ हेटौंडा ।  बागमती प्रदेश सरकारले कार्यसम्पादन सम्झौता गरेको छ । सरकार गठन भएको अढाई वर्षपछि प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुकाबीच कार्यसम्पादन सम्झौता भएको हो ।

आर्थिक वर्ष २०७७ र ७८ लाई प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले जनाएको छ । कार्यसम्पादन सम्झौतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका ६ ओटै मन्त्रालयका मन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।

चालू आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट पारित गरे अनुसार बागमती प्रदेश सरकारले कामकारबाही र कार्यसम्पादनलाई सहज तुल्याउने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्रीबीच कार्यसम्पादन सम्बन्धी सम्झौता भएको हो ।

 


Thali Mobile Pvt.Ltd.