भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अदालतको निर्णय सबैले स्वीकार्नुपर्छ : अध्यक्ष तिमिल्सिना

अदालतको निर्णय सबैले स्वीकार्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताउनुभएको छ । पर्वतको महाशीला गाउँपालिकामा आज आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्गअन्तर्गत मिलनचोक–भोक्सिङ–पैंयुँभञ्ज्याङ–सुभद्रखर्क खण्डको शिलान्यास तथा महेन्द्र ज्योति माविमा नवनिर्मित चार कोठे भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संसद् विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेको र जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।

सर्वोच्च अदालतको अन्तिम फैसला सबैले मान्नुपर्ने उहाँको भनाइ छ । “अदालतले संसद् विघटन ठीक छ भन्यो भने चुनावमा जानुप¥यो, ठीक छैन भन्यो भने संसद् पुनःस्थापना पनि हुन्छ”, उहाँले भन्नुभयो । उहाँले संविधानले सबै अधिकार नागरिकलाई दिएको बताउँदै संविधानको रक्षा र संविधानले दिएका अधिकारको उपभोगका लागि पनि चुनाव हुनुपर्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले मुलुक यतिबेला विकास निर्माणको तीव्र गतिमा अघि बढेको बताउँदै निर्वाचन होला नहोला भन्नेतर्फ चिन्ता नलिइकन विकास निर्माणका कामलाई गति दिन पनि आग्रह गर्नुभयो ।

यस वर्षदेखि प्रत्येक खरका छाना भएका घरपरिवारलाई रु ५० हजारका दरले वितरण गरेर जस्ताका छाना छाउने अभियान थालिएको बताउँदै दुई वर्षभित्र जिल्लानै खरका छानामुक्त हुने विश्वास दिलाउनुभयो । उहाँले विकास निर्माणका काम गाउँ केन्द्रित हुने तर नागरिक शहर केन्द्रित भइरहेको बताउँदै गाउँमै बसेर उद्यमशील बन्न आग्रह गर्नुभयो । गाउँमै आयआर्जका स्रोत बढाउन उहाँको आग्रह रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी वैशाख १७ र २७ गते जुनसुकै अवस्थामा पनि निर्वाचन हुने ठोकुवा गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत निर्वाचन एक दिन पनि पछि नसर्ने बताउँदै आएको भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले पछिल्लो तीन वर्षमा जिल्लामा अभूतपूर्व विकास भएको बताउँदै आगामी निर्वाचनमा पनि बाँकी कार्यभार र आयोजना पूरा गर्न नेकपालाई नै विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउँदै तीनै तहको सहकार्यबाट मात्र छिट्टै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.