भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

अध्ययन प्रतिष्ठान भक्तपुर बनाउने निर्णयमा कांग्रेसको आपत्ति

अध्ययन प्रतिष्ठान भक्तपुर बनाउने निर्णयमा कांग्रेसको आपत्ति

चितवन । यहाँ रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेको प्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ । सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको बिपी क्यान्सर अस्पताललाई त्यसको मातहतमा राख्ने निर्णयप्रति आपत्ति रहेको जनाइएको छ ।

आफ्नै स्वायत्त ऐन, पर्याप्त पूर्वाधार भएको देशकै पहिलो र जननिर्वाचित प्रधानमन्त्रीका नाममा रहेको अस्पताललाई राजनीतिक पूर्वाग्रह राखी सरकारले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । सरकारले गरेको उक्त निर्णय तत्काल सच्याउनसमेत आग्रह गरिएको छ । साथै विज्ञप्तिमा राष्ट्रियस्तरको क्यान्सर रोग अध्ययन प्रतिष्ठान यही अस्पताललाई बनाई यथावत् राख्न समेत काङ्ग्रेसले माग गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.