भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचितः विश्व बैंक

अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचितः विश्व बैंक

वासिङ्टन । अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्वबैंकले जानकारी दिएको छ । सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको सो बैकले जनाएको छ । सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो । तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द गर्न बाध्य भएका सो प्रतिवेदनमा जनाइएको छ ।

सन् २०२१ मा अर्थव्यवस्था लगभग २० प्रतिशतले संकुचित भएको र कुल घरेलु उत्पादन जीडीपी मा प्रारम्भिक तथ्याङ्क देखाउएको बताइएको छ । विगत एक वर्षमा,मानवीय आवश्यकताहरु र आधारभूत सेवाहरुको लागि अन्तर्राष्ट्रिय सहयोग पुनः सुरु हुँदा केही मात्रा नकारात्मक प्रभाव कम गर्न मद्दत गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ मा वास्तविक जीडीपी थप संकुचित हुने र सन् २०२१ र २०२२ बीचमा ३०–३५ प्रतिशतको संकुचित संकुचन हुने अनुमान गरेको प्रतिवेदनले जनाइएको छ । प्रतिव्यक्ति आयमा कुनै सुधार छैन, “विश्व बैंकले थप जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.