भर्खरै : Sorry, your browser does not support inline SVG.

अब देखि दुई वटा सहकारीको सदस्य बन्न नपाइने

अब देखि दुई वटा सहकारीको सदस्य बन्न नपाइने

काठमाडाैं । सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गरिने भएको छ । कात्तिक महिनाबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने सहकारी विभागले जनाएको छ ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ ।

सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाएने भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.