भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

अमेरिकी उपमन्त्री आज नेपाल आउँदै, दलाई लामालाई भेटेपछि शंका बढ्याे

अमेरिकी उपमन्त्री आज नेपाल आउँदै, दलाई लामालाई भेटेपछि शंका बढ्याे

काठमाडौं । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज नेपाल आउँदै छिन् ।

मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिसँग बिहीबार बिहान भेटवार्ता गरेकी छन् ।

छोटो भेटवार्ताका क्रममा अमेरिकी विशेष संयोजकले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताले दलाई लामालाई शुभकामना व्यक्त गरे । उनले दलाई लामाको सुस्वास्थ्यको कामना गर्दै लामाले दिएको शान्ति सन्देशका लागि विश्वप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

केन्द्रीय तिब्बती प्रशासनकाअनुसार बिहीबार बिहान तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक जियाले धर्मशालाको म्याक्लियोड गञ्जमा रहेको दलाई लामाको आधिकारिक निवासमा द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.