भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

अर्गानिक किबीबाट स्वदेश मै बन्यो नेपाली ब्राण्डको ‘प्रिन्सेस’वाइन,अब बजारमा आउँदै

अर्गानिक किबीबाट स्वदेश मै बन्यो नेपाली ब्राण्डको ‘प्रिन्सेस’वाइन,अब बजारमा आउँदै

इटहरी ।  वाईन पारखीका लागि अब स्वदेशमै किबी फलबाट उत्पादन भएको ‘प्रिन्सेस’ वाइन बजारमा आउँदै  छ ।  धनकुटामा किबी फलबाट उत्पादन गरेको वाईन माउण्ट एभरेष्ट वाइनरीले बजामा ल्याउन लागेको हो । विदेशी वाइनले बजारमा विकविकी मच्चाइरहेका बेला नेपाली स्वादको स्वदेशमै उत्पादन गरी माउण्ट एभरेष्ट वाइनरीले नेपालीको चाहना पुरा गर्ने बताएको छ ।

लकडानका कारण बजारमा अत्याधिक माग भैरहेको र फेरी निषेधाज्ञा जारी भएपछि बजार लगभग शुन्य भैरहेका बेला वाइनरीले यही बीचमा ‘प्रिन्सेस’लाई बजारमा लौजाने तयारी थालेको छ । फलहरुको राजा भनेर चिनीने किबी फल नेपालको स्वादीलो फल हो । जीवन उपयोगी औषधिय गुण भएका अन्य फलफूल समेतबाट ुप्रिन्सेस वाइनु उत्पादन गरिएको कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले बताए ।

नेपालका प्रमुख सहरहरुमा एकैसाथ केहि दिन भित्रै वाइन बजारमा ल्याउने तयारीका साथ काम अगाडि बढिरहेको उनको भनाइ छ । पूर्वी नेपालको उत्पादित अर्गानिक ुप्रिन्सेस वाईनु पोखरा, काठमाडौं, सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्र र पूर्वी नेपालका बजारमा तीब्र बनाउने लक्ष्य रहेको र जापानसम्म वाईनको व्यापारिक केन्द्र बनाउने लक्ष रहेको बास्तोलले जानकारी दिए ।

पहाडी क्षेत्रमा उत्पादित सबै आर्गनिक फलफूलहरुलाई प्राथमिकता दिएर उत्पादनलाइ बढावा दिएको कम्पनीको दाबी छ । उत्पादनको सबै काम सकिएको र अब बजारमा लौजाने काम मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ । धनकुटा राजारानी स्थित माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएदेखि नै स्थानीय लाभान्वित भएका छन ।

किसानले उत्पादन गरेको किबी फलले समेत बजार पाएको छ । गुणस्तरहीन विदेशी वाइनलाइ विस्थापन गरी नेपाली युवा युवतीमैत्री नेपाली स्वादलाइ लक्षित गरि उत्पादन गरेकोले अन्य वाईन भन्दा फरक र स्वास्थ्यकर रहेको कम्पनीले जनाएको छ । आफ्नै बारीको अर्गानिक किबीबाट बनेको वाईनले सबैको मन जित्न विश्वास कम्पनीले गरेको छ । रातो र सेतो कलरमा वाईन उत्पादन गरेर बजारमा आउदा नेपाली युवा यवतीले मात्र नभई विदेशीले समेत मन पराउने कम्पनीका अध्यक्ष हरेराम साहले बताए ।

 


Thali Mobile Pvt.Ltd.