काठमाडौं । अमेरिकामा रहेका गायक लोक पौडेलले कृष्ण महिमा झल्कने अलमल नगरौं म्युजिक भिडियो सार्वजनिक गरेका छन् । समय र उमेर छदै सेवामा लाग्न यस गीतका माध्यमबाट संदेश व्यक्त गरेका छन् ।
भिडियोमा डा. भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ । कमल सौरागले संगीत संयोजन गरेका हुन् । भिडियोमा अन्जली अधिकारी र राज खड्काको अभिनय रहेको छ । भिडियोमा आशुतोष अइडीको कोरियोग्राफी रहेको छ ।
बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोमा राज खड्काको निर्देशन रहेको छ । मिरा इन्टरटेन्मेण्ट युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

