भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

आँखाको सामुन्यबाट एक सय ८० डिग्री सुन्दर हिमाल हेर्न आउने होइन त रानीकोट ?

आँखाको सामुन्यबाट एक सय ८० डिग्री सुन्दर हिमाल हेर्न आउने होइन त रानीकोट ?

आँखाको सामुन्यबाट अलिपर एक सय ८० डिग्रीमा सुन्दर र सेताम्य हिमाल हेर्न जो कोही लालायित हुन्छन्
हो त्यहि हिमालका दृश्य हेर्न हामी भक्तपुरको भिलेज हाइल्याण रिर्सोट रानीकोट पुग्यौं । दर्शकवृन्द हिमाल मात्रै होइन काठमाडौं उपत्यकाको सुन्दर दृश्य पनि हेर्न पुग्यौं ।

उपत्यकाको सुन्दर दृश्य हेर्ने उपयुक्त स्थान हो रानीकोट । अरनीको राजमार्ग अर्थात सुर्यविनायक चोक देखि ७ किलोमिटर दूरीमा रहेको यसठाउँमा पुग्न हराभरा जंगल, जंगली जनावर र चराचुरूङ्गी हेर्दै हामी रानीकोट पुग्यौं ।

वरिपरी जंगलले घेरिएको बीचमा सबैभन्दा अग्लो स्थानमा रहेको रानीकोट यो स्थान ऐतिहासिक तथा पर्यटकीय क्षेत्रले यसको महत्व हिमाल जस्तै अटल र उच्च छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

भक्तपुर र पनौती नगरपालिकासँग जोडिएको यो ठाउँ समुन्द्री सतहबाट दुई हजार मिटर उचाईमा अवस्थित छ । यहाँबाट उपत्यकासहित लाङटाङ, हिमाल दोर्जे लाक्पा, लाङटाङ, मनासलु लगायतका हिमश्रृंखला हेर्नका लागि उपयुक्त यो ठाउँ पुरात्वातिक हिसावले महत्व बोकेको छ ।

मनास्लुदेखि गौरीशंकरसम्मका हिमाल हेर्न हामी त आयौं तपाईं आउने होइन त ?

 

 


Thali Mobile Pvt.Ltd.