भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

आज दुई हजार ६५ मा कोरोना सङक्रमण

आज दुई हजार ६५ मा कोरोना सङक्रमण

काठमाडौँ । आज एकै दिन दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनामा परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमित ३७ हजार ५९९ रहेका छन् ।

त्यस्तै ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्ला २० रहेका छन् । सो अवधिमा एक हजार ३३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख आठ हजार २३० निको भई घर फर्किएका हुन् । सङ्क्रमणबाट विगत २४ घण्टामा २५ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ६६३ को सङ्क्रमणबाट निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३५९.४ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ६२२ सघन उपचार कक्ष ९आइसियु०, १७१ भेन्टिलेटर, ३४ हजार ६७३ होम आइसोलेसन, दुई हजार ९२३ संस्थागत आइसोलेसन र ३३७ सङ्क्रमित क्वारेन्टिनमा छन् । एकैदिन आज एक लाख ७९ हजार ८६५ ले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५० लाख ६३ हजार ५२२ ले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.