काठमाडाैं । सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीमा अफगानिस्तान शीर्ष स्थानमा परेको छ । ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित गर्दै उक्त कुरा बताएका हुन । अफगानिस्तानपछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी आक्रमण गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए । अफगानिस्तानमा सन् २०२१ मा आतङ्कवादबाट एक हजार चार सय २६ जनाको ज्यान गएको छ, यो विश्वको कुल सङ्ख्याको २० प्रतिशत हो ।
आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तीमा हुई हजार एक सय ९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।यी पीडितहरूमध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको सन् २०२१ को आक्रमणमा परेका थिए । दाएस समूहले काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुई वटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा एक सय ७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए ।
