काठमाडौं । नेपाली नागरिकले आन्तरिक उडानमा महँगो भाडा तिर्नुपर्ने भएको छ। नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा विदेशी नागरिकलाई उडानमा महँगो भाडा लिएकाले चौतर्फी विरोध हुन थालेपछि नेपाली र विदेशी नागरिकलाई समान भाडादर कायम गर्न यसो गर्न लागिएको हो।
विदेशी नागरिककै समान दरमा भाडा कायम गर्न लागेकाले आन्तरिक उडानको केही प्रतिशत भाडा दर वृद्धि गर्न लागेको पर्यटन मन्त्रालयले जनाएको छ। भाडा बढाउने प्रक्रिया अहिले मात्र नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह प्रवक्ता राजन प्रसाद पौडेलले बताए । उनले भने, ुकोरोना महामारीभन्दा अगाडिदेखि भाडा वृद्धि गर्ने गृहकार्य भइरहेको थियो।
लकडाउनको प्रभाव र व्यवसायीको प्रभावमा नपरी भाडा बढाउन लागिएको छ। आन्तरिक उडानको भाडा कति प्रतिशतमा वृद्धि हुने त्यस विषयमा निर्णय भइनसकेको उनले प्रस्ट पारे। वायुसेवा कम्पनीले आन्तरिक उडान खुले पनि उडान अवधिमा निश्चित स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताएको छ।
