काठमाडौं । वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर एक युवक घाइते र एकजनाको ज्यान गएको छ । वेष्ट बैंकको जेनिन शहरमा १७ वर्षीय एक युवकलाई गोली हानी हत्या गरेको पेलेस्टेनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शहरमा रहेको शरणार्थी शिविरमा पछिल्लो समय इजरायली सेनाले तैनाथ बढाएपछि पेलेस्टाइनी र इजरालयीबीच झडप हुन थालेको जनाइएको छ । झडपकै क्रममा दुवैतर्फ थुप्रै घाइते भएको उक्त क्षेत्र तनावग्रस्त बनेको छ ।
सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा ३ जनाको मृत्यु भएको छ । आक्रमणका कारण उक्त शहरमा रहेका केही भवनहरूमा क्षेतिपुगेको छ ।
जेनिन शहरको शरणार्थी शिविर बाहिर इजरायली सेनाले गस्ती बढाउँदै लगेको विषयमा इजरायलले उक्त शहरमा आतंकबाद विरोधी अभियान सञ्चालन गरेको उल्लेख गरेको छ ।
