काठमाडौं । पछिल्लो समय बजारमा सबै किसिमका सामानको मूल्य अकाशियको छ । मानिसका दैनिक उपभोग्य वस्तु देखि सबै किसिमका सामानको मूल्यु आकाशियको हो । नेपालमा पछिल्लो एक वर्षमा पेट्रोल र डिजेलको मूल्य मात्रै प्रतिलिटर ३१ रुपैयाँले बढेको देखिन्छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाउदै आइरहेको छ ।
यसरी बढेको मूल्यको असर आम उपभोक्तामा परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा समेत मूल्य बढेको निगमले बताउँदै आएपनि मूल्य बृद्धि अस्वभाविक रुपमा रहेको देखिन्छ । पछिल्लो समय निगमका अनुसार अघिल्लो वर्ष २०७७ फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेको थियो भेन अहिले यो मूल्य बढेर १४५ पुगेकोछ । डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य रहेकोमा अहिले बढेर १२८ पुगेको तथ्यांक रहेको छ ।
