भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

एक सय २३ रोपनी सार्वजनिक जग्गा काठमाण्डौ महानगरद्वारा संरक्षण

एक सय २३ रोपनी सार्वजनिक जग्गा काठमाण्डौ महानगरद्वारा संरक्षण

काठमाण्डौ । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा काठमाण्डौ महानगरपालिकाले एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ । चालु आर्थिक वर्षमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको मेयर बालेन्द्र शाहले बताएका हुन ।

घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै मेयर शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको जानकारी दिए ।

पालिकाको चुनावका समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव मेयर साहको भनाइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.