भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

एक हजार ३८० सङ्क्रमित थप

एक हजार ३८० सङ्क्रमित थप

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३८० नयाँ सङ्क्रमित थपिएका छन् । नौ हजार ३६८ नमूना परीक्षण गर्दा ८३४ पुरुष र ५४६ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा १९५, प्रदेश नं २ मा ३७, वाग्मतीमा ७४७, गण्डकीमा २२१, लुम्बिनीमा १७१, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा आठ जनामा सङ्क्रमण देखिएको छ ।

गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६० पुरुष र २८५ महिला गरी ६४५ सङ्क्रमित थपिएका छन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ३० हजार ७२३ पुगेको छ । सङ्क्रमितमध्ये दुई लाख ११ हजार १८६ सङ्क्रमणमुक्त भएका छन् । जुन ९१।५ प्रतिशत हो । आज ५१५ जना कोरोनामुक्त भएका छन् । १८ हजार ८३ सक्रिय सङ्क्रमितमध्ये १२ हजार ५४६ होम आइसोलेनसमा रहेका छन् भने ३२५ आइसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित छन् भने मनाङ र डोल्पामा सङ्क्रमित छैनन् । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४५४ पुगेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.