भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

एम्बुलेन्स सेवा सञ्चालन

एम्बुलेन्स सेवा सञ्चालन

रसुवा । ग्रामीण बासिन्दाको उपचार सेवा सहज पार्ने उद्देश्यले नौकुण्ड गाउँपालिका पारच्याङद्वारा पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भौगोलिक विकटता भएको यार्सा क्षेत्रमा वसोवास गर्ने वासिन्दा बिरामी पर्दा डोकामा बोकी अस्पताल लानुपर्ने समस्या समाधान गर्न गाउँपालिकाले एम्बुलेन्स खरीद गरेको हो । नयाँ सञ्चालनमा ल्याएको एम्बुलेन्सबाट यार्सा, युव्रा, घाङवर, सिङ्वन्दी, लाङ्वु, आरूखर्क, सरसिउँ, पाटीखर्क, सरमथली, पारच्याङ, फाम्चेत, भोर्ले, चित्ती समेतका दर्जनौ गाउँमा बसोबास गर्ने १० हजारभन्दा बढी नागरिकले सेवा पाउने अपेक्षा गरिएको छ । गाउँपालिकाले रू १० लाख ८५ हजारमा एम्बुलेन्स खरीद गरिएको र भन्सार शुल्क भने छुट भएको बताइएको छ ।

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेका अनुसार आफ्नो गाउँपालिका क्षेत्रको छ वटै वडाका वासिन्दालाई उपचारमा परेको समस्या समाधान गर्न सडक मार्गका ट्रयाक खोलेसँगै दुई दिनअधि रसुवा भित्र्याइएको एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो । वर्षात्को समयमा सडक अवरूद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै निरन्तर सेवा प्रवाहको लागि असार, साउन र भदौ महिनामा भने एम्बुलेन्स कालिकास्थानमा राख्ने व्यवस्था मिलाइएको अक्ष्यक्ष घलेले बताउनुभयो । यस्तै जिल्ला अस्पताल, गोसाइँकुण्ड तथा कालिका गाउँपालिका समेतका निकायले एम्बुलेन्स सञ्चालनमा ल्याइसकेका कारण स्थानीय अस्पतालमा उपचार हुन नसकेका बिरामी सुविधायुक्त अस्पतालमा लान सहज भएको छ ।

 


Thali Mobile Pvt.Ltd.