भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

ऐतिहासिकत रानीपोखरीमा पानी जम्मा पारिदै ……

ऐतिहासिकत रानीपोखरीमा पानी जम्मा पारिदै ……

रानीपोखरीमा आकाशे पानी जम्मा पारिदै ।

प्राधिकरणद्वारा विभिन्न विधिको प्रयोग ।

वर्षा र मनसुनको पानीबाट नभरिए मेलम्चीको पानी हालेर भर्ने योजना ।

२०७७ भाद्र ८, बागमती प्रदेश ।  ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरीमा पानी जम्मा गर्ने काम भइरहेको छ । पुनर्निर्माणको काम सम्पन्न भएसँगै पानी जम्मा गर्ने काम भइरहेको हो ।

दरबार हाइस्कुलको छानाको पानी पोखरीमा हालेर पानी जम्मा पार्ने काम भइरहेको जनाइएको छ । रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पिंधमा कालो माटो र ईंटा ओच्छ्याउने तथा पानी रहने भागको पर्खाल निर्माणको काम सकिएसँगै वर्षाको पानी जम्मा गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

नेसनल लाइब्रेरी, विश्वज्योति हलको छतको पानी जम्मा गर्न डिजाइनको काम पनि सम्पन्न भएको छ । प्राधिकरणले टुँडिखेलमा जम्मा भएको पानी ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहिले पानी जम्मा गर्न विभिन्न विधि प्रयोग गर्ने तयारी गरिरहेको छ ।
प्राधिकरणले वर्षा र मनसुनको पानीबाट रानीपोखरी नभरिएमा मेलम्चीको पानी हालेर भर्ने योजना विकल्पका रूपमा अघि सारेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले रानीपोखरी पुनर्निर्माण २ वैशाख २०७७ अर्थात् पाँच वर्षअघि भूकम्प गएकै दिन सक्नेगरी काम गरिरहेको थियो । कोरोना भाइरससँगै लकडाउनका कारण पूर्वनिर्धारित समयमा भने काम सम्पन्न हुन नसकेको हो ।

 


Thali Mobile Pvt.Ltd.