भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओलीको कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष

काठमाडौँ । सर्वदलीय बैठकले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको ठहर गरेको छ ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस, जनतासमाजवादी पार्टी र नेकपाको भेलाले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु संविधानविरोधी र अलोकतान्त्रिक कार्य भएको ठहर गरेको हो ।

संसद् विघटनको विरुद्धमा तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा छलफल गरेर फेरि थप निर्णय गर्ने नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले संविधानमा नभएको धारणालाई आधार बनाएर संसद् विघटन गरिएकोप्रत आक्रोश पोखेका थिए ।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै यी तीन दलका नेताहरु भेला भएर ओलीको कदमविरुद्ध एक भएर लड्ने निष्कर्ष निकालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.