भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कर्णाली साहित्य समाज कृति पुरस्कार ‘जियारा’ लाई

कर्णाली साहित्य समाज कृति पुरस्कार ‘जियारा’ लाई

वीरेन्द्रनगर । कर्णाली साहित्य समाजले वर्ष २०७७ को कर्णाली साहित्य समाज कृति पुरस्कार नयनराज पाण्डेको कृति जियारालाई प्रदान गर्ने भएको छ । रु ५० हजार राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिमध्येबाट छनोट गरेर जियारालाई दिने निर्णय गरिएको संस्थाका संस्थापक संरक्षक महेशविक्रम शाहले जानकारी दिनुभयो ।उक्त पुस्तकमा तराई र मधेसका समाजमा विद्यमान पारम्परिक कुप्रथा, रूढिवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै आमनागरिकका दुःख, पीडा र भोगाइलाई समेटिएको छ ।कर्णाली साहित्य समाज साधना सम्मान प्रा डा राजाराम सुवेदीलाई प्रदान गरिने छ । संस्थाले स्थापना गरेको रु २५ हजार राशिको पुरस्कार नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरिने जनाइएको छ । संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले भन्नुभयो, “यहाँको साहित्य कला तथा यहाँको पहिचानलाई संरक्षण गर्नको लागि लागिपरेका छौँ ।” आगामी चैतमा संस्थाको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने संस्थाका उपाध्यक्ष देवकी तिमिल्सिना ‘समीक्षा’ ले जानकारी गराउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.