भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

काटियो मस्र्याङ्दीले भासिएको पुलको लठ्ठा

काटियो मस्र्याङ्दीले भासिएको पुलको लठ्ठा

दमौली । निरन्तरको वर्षाका कारण मस्र्याङ्दीमा आएको बाढीले भासिएको झोलुङ्गे पुलको लठ्ठा काटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट र गोरखा नगरपालिका–१४ जोड्ने झोलुङ्गे पुल बिहीबार राति आएको बाढीले भासिएको थियो । पुलमा थप जोखिम हुन नदिन लठ्ठा काटिएको तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो । “पुल मर्मत नभइञ्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ”, बरालले भन्नुभयो । पुलबाट दैनिक सयौँ सर्वसाधारण वारपार गर्दथे । गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो ।

पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । मुख्य राजमार्ग खुला, सहायक राजमार्ग अवरुद्ध वर्षाका कारण पहिरो आउँदा जिल्लाका अधिकांश सहायक राजमार्ग अवरुद्ध भएका छन् । मुख्य राजमार्गको पहिरो हटाइए पनि सहायक राजमार्ग खुलाउन सकिएको छैन । सहायक राजमार्ग खुलाउने क्रम जारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी बरालले बताए । उहाँका अनुसार प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही जाने मार्ग पनि भासिएको छ । उक्त मार्गको प्राविधिकसहित अनुगमनको तयारी गरिएको छ । शुक्लागण्डकी नगरपालिकाकै दुलेगौडा लामागाउँ मोटरमार्ग पनि भासिएको छ । जिल्लाका अधिकांश ग्रामीण भेगका सडक पहिरोले अवरुद्ध भएको छ ।

बन्दीपुर–ढाडखोलाको पहिरो हटाउन शुरु

अविरल वर्षासँगै आएको पहिराले अवरुद्ध भएको बन्दीपुर गाउँपालिका–२ ढाडखोलाको पहिरो हटाउन शुरु गरिएको छ । बन्दीपुर–ढाडखोला मोटरमार्गमा विभिन्न ठाउँमा आएको पहिरो हटाएर सडक सुचारु गर्न शुरु गरिएको हो । शुक्रबार बेलुकीदेखि पहिरो पन्छाउने काम शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । पहिराले ढाडखोला मोटरमार्गमा ठूलो क्षति पु¥याएको छ । ठाउँठाउँमा सडक भासिएको छ ।

त्यस्तै डुम्रे–बन्दीपुर सडकखण्डको पहिरो शनिबारदेखि हटाउन शुरु गरिनेछ । “पहिरोले गाउँपालिकाभित्रका विभिन्न वडाका सडक अवरुद्ध भएका छन्, क्रमशः अन्यत्र पनि पहिरो हटाउने काम गर्छौँ”, उहाँले भन्नुभयो, “पहिराले विद्युत् पोलमा क्षति पुयाएपछि बन्दीपुरका अधिकांश ठाउँ बिहीबारदेखि अन्धकार छ, बिजुलीको समस्या पनि शनिबार दिनभरमा समाधान हुन्छ । पहिराले गाउँपालिकाभित्रका सडक, विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीमा क्षति पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.