भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कामदारमाथि गोली प्रहार, आठको मृत्यु

कामदारमाथि गोली प्रहार, आठको मृत्यु

२२ गते असार २०७७ मोजाम्बिक । उत्तरी क्षेत्रस्थित एक निजी ग्यास परियोजनामा कार्यरत मजदूरमाथि बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन् । बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदूरको ज्यान गएको हो ।

उत्तरी मोजाम्बिकमा जिहादी विद्रोहका कारण उक्त क्षेत्रमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । प्राकृतिक ग्यास परियोजनामा कार्यरत मजदूरमाथिको आक्रमण भने तुलनात्मक रुपमा कम हुने गरेको अधिकारीहरुले बताएका छन् ।

फ्रान्सेली तेल उत्पादक टोटलले नियुक्त गरेको फेनिक्स कन्ट्रक्सन सर्भिसले गत महिना आफ्नो कम्पनीमा कार्यरत मजदूरहरु चढेको सवारी साधनमाथि मोजाम्बिकको सेनाको पोशाकमा आएका पाँच जना बन्धुकधारीले गोली चलाउँदा केही मजदूर घाइते भएका र तीन जना अझै बेपत्ता रहेको बताएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.