काठमाडौं । भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर हुलदंगा भएको छ । हुलदंगामा ७ जना पक्राउ परी पुलिसले मुद्दा दर्ता गरिसकेको छ । मृतक कुखुराको पोस्टमार्टम सकिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको संचारमाध्यमले जनाएका छन् ।
मान्छेको हत्या हुँदासमेत पुलिस चुप लागेर बसेको भन्ने आरोप लाग्ने बेलामा भारतमा कुखुराको मृत्युको घटनाले पुलिसको निद हराम भएको छ । बिहारको फिरोजपुर गाउँमा यो घटना भएको हो । घटना एकजना महिलाको कुखुरा फार्मबाट छिमेकीले कुखुरा चोरेर मारिदिए ।
आफ्नो कुखुरा चोरेर मारेको भन्दै ती कुखुरा धनी महिला र उनका छोरा चोरी गर्ने छिमेकीको घरमा पुगे । तर कुखुरा चोर्ने छिमेकीले उल्टै ती आमा छोरालाई पिटेर घाइते बनाए । ती महिलाले आफ्नो कुखुरा चोरी गरेको, कुखुरा मारेको र आफूमाथि कुटपिट गरेको भन्दै आफ्ना ७ जना छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिइन् ।
प्रहरीले ती सातै जनालाई पक्राउ गर्यो । मृत्यु भएको कुखुरालाई पोस्टमार्टमका लागि पशु अस्पतालमा पठाइयो ।
प्रहरीले कुखुरा चोरी तथा कुटपिटमा संलग्न ७ जनामाथि थप छानविन गरिरहेको बताइएको छ ।
– एजेन्सी

