भर्खरै : Sorry, your browser does not support inline SVG.
एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो |

कोरनाले थला परेपछि आफ्नो प्रिय मान्छेलाई भावुक बनाउँने ‘ऐना हेरी हेरी’ सार्वजनिक (भिडियोसहित)

कोरनाले थला परेपछि आफ्नो प्रिय मान्छेलाई भावुक बनाउँने ‘ऐना हेरी हेरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । आकाश कार्की र अनु काफ्ले अभिनित ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वर समावेश रहेको छ।

गीतलाई संचारकर्मी शिवराज योगीले लेखेका हुन् भने भिम बिसीले संगीत भरेका हुन् । विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ।
कोरनाले आफ्नो प्रिय मान्छेलाई संक्रमित बनाएपछि श्रीमतीले श्रीमानको सुवास्थ्यको कामना गर्दै तिजमा वर्त बसेको कारुणिक कथा भिडियोमा प्रस्तुत गरिएको छ।

हेर्नुहाेस् गीत…

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी रहेको छ । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। सविता अधिकारी निर्मात्री रहेको यस भिडियोलाई गम्भिर विष्टको निर्देशनमा तयार पारिएको हो। हालसम्म भिडियोललाई ३ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा ४०० बढी सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.