कैलाली । कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष नरेन्द्र बहादुर शाहको संक्रमणबाट मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिए पछि ७३ बर्षिया वडाअध्यक्ष शाहलाई कार्तिक १२ गते उपचारका लागी अस्पताल भर्ना गरिएकाे थियाे । १७ गते कोरोना पुष्टि भएका उनकाे सेती प्रादेशिक अस्पतालमा १० दिन भेन्टिलेटरमा राखिएको थियो ।
नगरपालिकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष शाहको मृत्यु भएको नेकपा सदस्य दिर्घ जोशीले जानकारी दिए ।
