भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोरोनाभाइरस शरीरमा पुगे कति असर गर्छ ? जानिराखाैं…

कोरोनाभाइरस शरीरमा पुगे कति असर गर्छ ? जानिराखाैं…

२८ असार २०७७ काठमाडाैं । संसारभरि महामारीको रुपमा फैलाइरहेको कोरोनाभाइरस जति आतंक फैलाई रहेको छ त्यो भन्दा बढी खतरनाक यो शरिभित्र पसेपछि हुन्छ । कोभिड–१९ श्वासप्रश्वासको रोगमा गणना गरिएको छ । अध्यनले पछिल्लो चरण के देखाएको छ भने, यो भाइरस श्वासप्रश्वाससम्बन्धी मात्रै नभई बहुसमस्यात्मक रोग भएको थाहा हुन आएको छ ।

शरीरमा यो रोग पसे के हुन्छ ?
यो भाइरस श्वासप्रश्वास प्रणालीमा गम्भीर समस्या पैदा गर्छ । यसले मानव शरीरका सबै अंगहरुलाई नोक्सानी पु¥याउने गर्दछ । वैज्ञानिक तथ्यहरुले यस कुरालाई बलियो रुपमा स्थापित गरेको छ । सोचेभन्दा पनि खतरनाक रोग भएकोले यसबाट बच्नु नै उत्तम रहेको बैज्ञानिकले बारमबार भन्दै आएका छन् । त्यसैले यहाँ वैज्ञानिकहरुले तयार पारेको तथ्यलाई समेटेका छौंं ।

कोरोनाभाइरसले असर गर्ने अंगहरु
फोक्सो, मृगौला, कलेजो, मुटु, मस्तिष्क र स्नायु प्रणाली, छाला र पाचन प्रणालीका नलीहरुमा असर गर्छ । यसले सोझै अंगहरुलाई नोक्सान पुर्याउने काम गर्छ र रगत जमाइदिने गर्छ, मुटुको स्वस्थ गतिलाई गुमाइदिन्छ, मृगौलाले रगत र प्रोटिन निकाल्न थाल्छ र छाला चर्केर धब्बाहरु देखिन थाल्छ । यसले टाउको दुखाउने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, पेट दुख्ने जस्ता विभिन्न समस्याहरु देखापर्न थाल्छ । साथसाथै, खोकी र ज्वरोजस्ता श्वासप्रश्वाससम्बन्धी रोगका प्रचलित लक्षणहरु पनि देखापर्न थाल्छ ।

जर्नल नेचर मेडिसिन कोलम्बियाको अध्ययन रिपोर्टका अनुसार रक्तनलीका भित्ताहरु, मृगौलाहरु, कलेजोका नलीहरु, प्यान्क्रियाज, आन्द्राका नलीहरु र श्वासप्रश्वासका नलीहरुका कोषहरु सबैमा कोरोनाभाइरसले ती रिसेप्टरहरुलाई आक्रमण गरेर तथा तिनमा टाँसिएर कोषहरुलाई संक्रमित तुल्याउने गर्छ ।

कोरोनाभाइरसको संक्रमणले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि निस्क्रीय बनाइदिन्छ । यस दौरानमा हाम्रो शरीरमा साइटोकिन्स नाम गरेको प्रोटिन पैदा हुने गर्छ । सामान्यतः बाहिरी हमलाकारी किटाणु, विषाणुहरुसँग लड्नका लागि पैदा हुने यस्ता प्रोटिन आवश्यकताभन्दा बढी सक्रिय हुँदा त्यसले आफ्नै शरीरका विभिन्न अंगका कोषहरुलाई पनि नोक्सानी पुर्याउन सक्छ । साइटोकिन स्ट्रोम भनिने यो प्रक्रियाले धेरै गम्भीर असरहरु पार्न सक्छन् ।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुका अनुसार, कोरोनाभाइरसको कारण पैदा हुने रगत जम्ने कुराको असर विभिन्न प्रक्रियामा देखिने गर्छ । त्यसमा रक्तनलीका भित्ताहरुलाई सोझै नोक्सानी पुर्याउनेदेखि रगत आफैंको जम्ने प्रणालीमा विभिन्न किसिमले गडबडी पैदा गरिदिने समेत पर्दछ । कोरोनाभाइरसका कारण हुने निमोनियाका कारण रगतमा हुने अक्सिजनको कमीले रगतलाई झनै जम्ने बनाइदिन्छ ।

रगत जम्ने यो प्रक्रियाले मस्तिष्कघात, हृदयघात गराउन सक्छ वा फोक्सो वा खुट्टाका रक्तद्वारहरु अवरुद्ध गरिदिन सक्छ । यस्ता रक्त जमाइले मृगौलाको कामलाई बन्द गराइदिन वा डाइलोसिस गराइरहेका मृगौलाका गम्भीर रोगीहरुमा समेत असर पुर्याउने गर्छ ।

प्यान्क्रियाजमा पुग्ने क्षतिले मानिसको मधुमेह (डायबिटिज)लाई झनै खराब तुल्याइदिन सक्छ । हेक्काराख्नुपर्ने कुरा के छ भने, डायबिटिजका रोगीहरु धेरै रोगहरुको संक्रमणमा पर्ने र कोरोनाभाइरसका कारण हुने मृत्युको उँच्च खतरामा रहने गरेको देखिएको छ ।

उपचार प्रक्रिया
विरामीलाई लठ्याउने औषधिको धेरै प्रयोग गरिनु आवश्यक हुन्छ । यस दौरानमा विरामीलाई मतिभ्रम हुने, एकाग्रता गर्न नसक्ने र व्यवहारमा अचानक परिवर्तन आउने जस्ता समस्या देखापर्न सक्छ, जसलाई आइसीयू डेलिरियम भनिन्छ । कोभिड रोगीमा यो देखापर्नुमा थोरबहुत भाइरस र लामो समयसम्म लठ्याउने औषधिको प्रयोगका कारण हुन सक्छ ।

रोगीहरुमा ६७ देखि ९० प्रतिशतसम्म कोषहरुको रोगप्रतिरोधी क्षमता कम हुने समस्या देखिएएको पाइएको छ ।अस्पतालमा आएका कोभिडका विरामीको उपचार गर्दा चिकित्सकहरुले यी सबै असरहरुको पनि उपचार गर्नुपर्छ । पाचन प्रणालीमा देखापर्ने गडबढीकै कारण मृत्युदर भने बढेको देखिएको छैन ।

साथै, कोरोना संक्रमणका कारण छालामा देखापर्ने विविरा, फोका, राताधब्जाहरु तथा खुट्टाका औंला सुन्निे जस्ता समस्याहरु पनि आफैं निको हुने गरेको पाइएको उल्लेख गरिएको छ । त्यसैले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हो । बाहिर निस्किनै परे अनिवार्य मास्क लगाऔं । दुरी कायम गरौं । भिडभाडमा नजाऔं ।

 


Thali Mobile Pvt.Ltd.