भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो, संक्रमितभन्दा निको हुने धेरै

कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो, संक्रमितभन्दा निको हुने धेरै

काठमाडौँ । यो समाचार बनाइरहदासम्म विश्वभर कोरोना भाइरको ससंक्रमणबाट मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १० हजार ३४८ जनाको मृत्यु भएको छ । यो संगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ३४ लाख ३ हजार ७४४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ८ लाख १० हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै तीन लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड ४१ लाख ६८ हजार ५०२ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७।७७ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ४२ लाख ५७ हजार ५१ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६६ लाख ८४ हजार ८०५ छ । यसमध्ये १ लाख १ हजार ७९८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भए पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा कमी आएको छ ।

अमेरिकामा २ करोड ७१ लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३६५ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ६ लाख ५३० पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २४ हजार १६४ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा एक सातायता संक्रमितको दरमा कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ६३ हजार ६५ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो । संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन । अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ३४० जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा २४८ ले बढी हो ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७८ हजार ७५१ पुगेको छ । यसैगरी ब्राजिलमा ४ लाख ३६ हजार ८६२ जनाको मृत्यु भएको छ । यस्तै रूसमा १ लाख १६ हजार २११ जना, बेलायतमा १ लाख २७ हजार ६८४ जना, फ्रान्समा १ लाख ७ हजार ८१२ जना, इटालीमा १ लाख २४ हजार २९६ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा १ लाख २६ हजार ९१३ जनाको मृत्यु भएको छ । अफ्रिकी महादेशको सबैभन्दा धेरै प्रभावित दक्षिण अफ्रिकामा ५५ हजार २६० संक्रमितको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.