कालिकोट । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुुम्ला आउन नसकेपछि चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको मृत्यु भएको छ। हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको हुम्ला जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।
उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो। मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनस् सुर्खेतमै फिर्ता भएको थियो।
